

प्रधानन्यायाधीश समक्ष नवनियुक्त गभर्नर पौडेलले ग्रहण गरे शपथ




काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट शपथ लिएका हुन् ।
हिजो उनले सरकारबाट गभर्नर पदका लागि आगामी पाँच वर्षका लागि नियुक्ती पाएको अवस्था छ । पद तथा गोपनियताको सपथ लिएसँगै पौडेलले आजै राष्ट्र बैंकमा पद भार ग्रहण गर्ने समेत कार्यक्रम रहेको छ।