

छ्याङ्दी हाइड्रोपावरको हकप्रदको जेठ २३ देखि बिक्री खुला हुने




काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले यही जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएबमोजिम प्रतिकित्ता १०० रुपियाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । जसबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपियाँ संकलन हुनेछ । हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्रै यसमा आवेदन दिन पाउनेछन् । आवेदन असार १२ गतेसम्म आवेदन दिन सकिनेछ । दोस्र्रो बजारमा यस कम्पनीको मूल्य प्रतिकित्ता ३०४ रुपैयाँमा काकारोबार भैरहेको छ ।