

गभर्नर छनोट सिफारिस समितिको बैठक सक्किदा, तीन जना परे सिफारिसमा




काठमाडौं । गभर्नर छनोट सिफारिस समितिको बैठक सम्पन्न भएको जनाइएको छ । सोही बैठक सक्किएको बेलामा अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले तीन जनाको नाम छनोट गरेको हो।
यता, बैठकले भावी गभर्नरका लागि तीन जनाको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको छ भने आजै केही बेरमा सुरु हुने मन्त्रिपरिषलको बैठकले भावी गभर्नर नियुक्त गर्ने जनाइएको छ।
साथै, सर्वोच्चले समेत कुनै बाधा, अडचन नलगाएपछि भावी गभर्नरमा युवा अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त हुने चर्चाले अहिले बजार तताएको छ । सोही गभर्नर सिफारीस समितिको संयोजकमा मन्त्री पौडेल तथा सदस्यहरु निवर्तमान गभर्नर महाप्रसाद अधिकारी तथा अर्थविद् डा. पोषराज पाण्डे रहेको जनाइएको हो ।