

डा. पौडेललाई गभर्नर बन्न सर्वोच्चले लगाएन कुनै अडचन




काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको भावी गभर्नरको दौडमा होमिएका डा. विश्व पौडेल कुनै पनि रुपमा रोक्किनु नपर्ने स्पष्ट पारेको हो।
यसअघि उनै पौडेलको योग्यता नपुगेको भन्दै अदालत पुगेको रिट दरपिट आदेश सदर गर्न सर्वोच्च अदालतले आदेश दिएको अवस्था थियो भने सो निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलासले आदेश सदर गर्ने निर्णय गरेको थियो।
हाल, नेपाल राष्ट्र बैंकको भावी गभर्नरको रुपमा प्रतिस्पर्धामा उत्रिएका पौडेलको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतबाट रिट दरपिट भएपछि त्यसलाई बदर माग गर्दै दर्ता भएको र निवेदनमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको जनाएको छ ।
साथै, गत मंगलबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालत रिट लगेका थिए भने सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दरपिट गरेको जनाइएको हो।
सार्वजनिक सरोकार देखाउन नसकेको र पत्रपत्रिकामा प्रकाशित भएकै समाचारका आधारमा निवेदन पेस गरेको देखिएकोले दरपिट गरेको सर्वोच्चका रजिष्ट्रार पोखरेलले जेठ २ गते दरपिट गरेका थिए ।