

नेपाल राष्ट्र बैंकले नियमीत जसो बैंकहरुबाट मोटो रकम प्रशोचन गर्दै




काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियमीत जसो बैंक वित्तीय संस्थाबाट रकम प्रशोचन गरि रहेको अवस्था छ । त्यसरी रकम खिच्नुको कारण हो, तरलता अधिक हुनु । आज पनि राष्ट्र बैंकले बैंकहरुबाट रकम प्रशोचन गरेको पाइएको छ ।
आईतबार नेपाल राष्ट्र बैंकले बजारबाट आइतबार २४ अर्ब रुपैयाँ खिच्ने सूचना दिएको थियो ।
यता, निक्षेप संकलन उपकरणको प्रयोग गरेर आइतबार सो रकम खिच्न लागेको जनाइएको बेलामा २१ दिन अवधिका लागि निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिएका हुन्।
साथैं, बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड एमव् अधिकतममा ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न मिल्ने व्यवस्था गरिएको बेलामा यसको साँवा र ब्याज भुक्तानी जेठ २५ गते हुने तथा बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा सो रकम प्रयोग गर्न मिल्ने समेत जनाइएको हो ।