

घट्यो नेप्से परिसूचक




काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घट्न पुगेको छ । परिसूचक २.७९ अंक घटेर २६०९.०५ विन्दुमा पुगेको हो।
यता, सेन्सेटिभ इण्डेक्स १.८३ अंक घटेको तथा आईतबार सबैभन्दा मूल्य घट्ने शीर्ष ५ कम्पनीमा (कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र युनिभर्सल पावर कम्पनी) रहेको बेलामा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १ सय ८२ रुपैयाँ ८६ पैसाले बढेर १ हजार ९१७ रुपैयाँ पुगेको नेप्से परिसूचकमा देखिन्छ ।
त्यस्तै, नेप्सेमा ८ अर्ब ४१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ भने १ सय ४५ कम्पनीको सेयर मूल्य घट्दा एक सय कम्पनीको बढेको अवस्था छ । बजार घटेको दिन एक कम्पनीको सेयर मूल्य स्थिर रहेको देखिन्छ ।
साथै, १३ वटा उपसूचकमध्ये होटल तथा पर्यटन समूह, माइक्रोफाइनान्स एवम् अन्य समूहको उपसूचक केही बढे पनि बाँकी १० वटा उपसूचक चाही ऋणात्मक देखिएका हुन् ।
नेप्से परिसूचकका अनुसार साताको पहिलो कारोबारको दिन ओमेगा श्री फार्मेसिडिकल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले सबैभन्दा बढी वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैकका लगानीकर्ताहरुले ८.७१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेको अवस्था छ ।