

धितोपत्र बोर्डबाट पिपुल्स पावरले पायो हकप्रद निष्काशनको अनुमति




काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। उक्त अनुमति बोर्डले जेठ २ गते कम्पनीलाई प्रदान गरेको जनाएको हो।
यता, कम्पनी १ः०.५० को अनुपातमा (सोही हकप्रदका लागि) हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत निष्काशन गर्न मिल्ने गरी अनुमति पाएको अवस्था छ । अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको जनाइएको हो ।