

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चद्धारा बाटो खुल्ला




काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न दिइदै आएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने भन्दै आदेश गरेको छ ।
न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले सोही प्रयोजमा हालसम्म रोक्किएको कामलाई अघि बढाउन मिल्ने गरी आदेश दिएको हो।
त्यस्तै, पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गएको चैतमा यामबहादुर लिम्बु लगायतले रिट दायर गरेका थिए । सोही रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि नै र्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्नु पर्ने आदेश दिएको हो।
साथै, न्यायाधीश शारंगा सुवेदीको इजलासले सोही अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको अवस्था थियो । सोही दुई पक्षको छलफलपछि डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको बेलामा सो आदेशले केबलकार निर्माणको काम सुचारु हुने भएको छ ।
लामो समय विवादित रहेपछि आईएमई ग्रुपले अघि सारेको केबुलकार निर्माणको काम अलपत्र अवस्थामा रहेको थियो ।