

सलिकोलाई पछार्दै नेको इन्स्योरेन्स बीमा प्राधिकरणको बार्षिकोत्सवमा फुटसलमा टप




काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको फुटसल प्रतियोगितामा नेको इन्स्योरेन्स विजेता बनेको छ । उक्त कम्पनीले बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा खेलिएको पुरुष फुटसल प्रतियोगितामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई पराजित गर्दै नेको इन्स्योरेन्सको पुरुष टिम टप बनेको हो ।
नेको इन्स्योरेन्स स्रोतले दिएको जानकारी अुनसार पुरुष फुटसल टीममा मुकेश तामाङ, अभिशेक मान कमौचार्य, क्षितिज सुेवेदी, अजय कार्की, विनोद विष्ट, निरज डाँगी, राहुल रत्न मानान्धर र राकेश सडौला रहेका छन् । नेको इन्स्योरेन्सका कार्यकारी अधिकृत अशोक खड्काले खेलकुद तथा कर्मचारीको क्षमता अभिबृद्धिलाई विशेष प्राथमिकता दिँदै आएको बताइएको छ ।
यता, प्राधिकरणको आज सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा सम्पूर्ण बीमक, बीमा अभिकर्ता, सर्भेयर तथा नियमन लगायतका उपस्थितीमा नेपाल बीमा प्राधिकरणका यूवा अध्यक्ष शरद ओझाले सम्मान पत्र प्रदान गरे । सोही क्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले खुशी साटेका थिए ।
दैनिक अंकगणीतसँग नजिकिदै दाबी भुक्तानी र नागरिकको रक्षावरणमा खटिने नेपाली बीमा क्षेत्रमा हस्तीहरु नियामक निकायको वार्षिकोत्सव अवसरमा उत्सव मनाउने क्रममा सो खेल खेल्न पुगेका हुन् । नेपालका अन्य नियामक निकायहरुले पनि आफ्नो वार्षिकोत्वसको अवसरमा खेलकुद, कला, साहित्यलाई प्राथमिकता दिने गरेको पाइन्छ । यता, नेपाल बीमा प्राधिकरणले पनि विगत लामो समयदेखि आफ्नो वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम गर्दै आएको अवस्था छ ।
नेपाली खेलकुद जगतमा समेत योगदान दिँदै आएको नेको इन्स्योरेन्सले यस अघि पनि नेपाल कबडी लिग (एनकेएल) राजधानिस्थित दशरथ रंगशालामा सम्पन्न गरेको थियो । उक्त बेलामा समेत विभिन्न नेपालका नाम चलेका पुराना र ठूला बैंक, बीमा कम्पनी वित्तीय संस्था र ठूला घरानाहरुले सहभागीता जनाएका थिए ।