

बीमा प्राधिकरणले समेत नितीगत रुपमा सघाउँदै आएको हिमालयन री नाफा बढाउन सफल




काठमाडौं । प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाल बीमा प्राधिकरणको ठूलो आड भरोसा पाउँदै आएको निजी क्षेत्रको लगानीमा स्थापित नेपाली पुनर्बीमा कम्पनीले आफ्नो नाफा बढाउन समेत सफल भएको छ । उसले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९८ करोड ९३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो।
आजै प्रकाशित तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा गत आवको यसै अवधिसम्म ९३ करोड ११ लाख रूपैयाँ खुद नाफा गरेको हिालयन रीले चालु आर्थिक वर्षको समिक्षा अवधिमा ६ प्रतिशत भन्दा माथिको नाफा आर्जन गरेको तथ्यांकमा देखिन्छ ।
उसले ईपीएस १२.६८ रूपैयाँ कायम गर्दा यता खुद बीमा शुल्क ४ अर्ब १८ करोड रूपैयाँ आर्जन गर्न सफल भएको छ। नेपाली बीमा बजारमा निर्जीवन बीमा कम्पनीहरुले अर्ब क्लबमा प्रवेश गरेर थुप्रै पटक केक काटी सकेका छन् । पुनर्बीमा कम्पनी आफैमा नयाँ भएकाले पनि उसको रकम बढ्दो क्रममा रहेकाले यसको कमाईलाई अहिल्यै नै मूल्यांकन गरिहाल्न भने मिल्दैन ।
साथै, हिमालयन रि इन्स्योरेन्सले कुल आम्दानीतर्फ २१.७६ प्रतिशतले बढाउन सफल भएको बेलामा कुल खर्चतर्फ २४.७० प्रतिशतले बढेको अवस्था छ। हाल हिमालयन रि इन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँ रहेको बेलामा उसको महाविपत्ति कोषतर्फ साढे १६ करोड रूपैयाँ, जगेडा कोषतफै १ अर्ब २ करोड रूपैयाँ देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले स्वदेशी पुनर्बीमा कम्पनीहरु नै बीमा गर्न प्रोत्साहन गरि रहेको बेलामा त्यसको सकारात्मक प्रभाव हिमालय रि इन्स्योरेन्समा परेको समेत आँकलन गर्न सकिन्छ ।