

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर




काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ३१ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको अवस्था छ।
यता, युरोपियन युरो एकको खरीददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरीददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरीददर १६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरीददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरीददर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरीददर १०४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरीददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरीददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ।
थाई भाट एकको खरीददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरीददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ।
साउथ कोरियन वन एक सयको खरीददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरीददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरीददर २० रुपैयाँ २९ पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरीददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरीददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरीददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरीददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ।
साथै, राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने बताएको हो।