

एनएलजी इन्स्योरेन्सको वित्तीय विवरण सन्तोषजनक




काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सोही वित्तीय विवरणलाई आधार मान्दा कम्पनीले मुख्य सूचकहरु बृद्धि गर्न सफल भएको हो।
यता, समीक्षा अवधिमा कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बेलामा गत आर्थिक वर्षको तुलनामा कम्पनीको यस्तो मुनाफा ९।७८ प्रतिशतले घटेको देखिन्छ । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको वित्तीय विवरणले देखाउछ ।
एनएलजी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ७।६९ प्रतिशतले बृद्धि भएर एक अर्ब ८७ करोड ६३ लाख रुपैयाँ रहेको बेलामा कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब ७४ करोड २४ लाख रुपैयाँको बीमा शुल्क आर्जन गर्न सफल भएको तथ्यांकमा देख्न सकिन्छ ।
त्यस्तै, चालु आवको नौ महिनामा कम्पनीले १ अर्ब ७१ करोड पाँच लाख रुपैयाँको बीमा दावी भुक्तानी प्रदान गरेको बेलामा सो रकम गत आवको तुलनामा ५६ प्रतिशत बढी रहेको देखिन्छ ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनी कर्जा तथा लगानी मार्फत १३ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ भने चुक्ता पुँजी २ अर्ब ५० करोड रहेको छ ।
साथै, एनएलजी इन्स्योेरेन्सको जगेडा कोषमा ११ करोड १६ लाख रुपैयाँ तथा बीमा कोषमा चार अर्ब ३३ करोड नौ लाख रुपैयाँ सञ्चिती रहेको छ भने कम्पनीको ईपिइस ६ रुपैयाँ ५७ पैसा एवम् नेटवर्थ पर शेयर १ सय ८० रुपैयाँ ३२ पैसा रहेको अपरिष्कृत वित्तीय विवरणमा देखिएको हो ।