

अधिकांश सूचकहरुमा अब्बल रहेको शिखर इन्स्योरेन्सको नाफा बढ्यो




काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको सोही वित्तीय विवरण अनुसार यसका अधिकांश सूचकहरु अब्बल देखिएका हुन् ।
यता, चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ पुगेको बेलामा सो नाफा गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा १।७९ प्रतिशतले धेरै हो । कम्पनीले गत आवको सोही अवधिमा ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ मुनाफा रहेको देखिन्छ।
त्यस्तै, समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको बीमा कोष २८.२० प्रतिशतले बढ्दा ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ भने गत आर्थिक वर्षको समिक्षा अवधिमा त्यस्तो बीमा कोष ५ अर्ब २९ करोड ४० लाख रुपैयाँ कायम रहेको देखिन्छ।
कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब २० करोड ८३ लाख रुपैयाँ पुगेको बेलामा शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड, महाविपत्ती कोषमा १०.५८ १ अर्ब ८६ करोड तथा रिटेन्ड अर्निङ १६ करोड २३ लाख रुपैयाँ कायम रहेको देखिन्छ।
साथै, ईपीएस १६ रुपैयाँ २९ पैसा रहेको शिखर इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १ सय ९५ रुपैयाँ ८१ पैसा रहेको कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।