

दोहोरो अंकको लाभांश दिएको सलिकोले नाफा बढायो




काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। सोही विवरण अनुसार कम्पनीले आफ्ना नाफा बढाउन सफल भएको देखिन्छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको हो।
यता, गत आवको यसै अवधिसम्म ४७ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने खुद नाफा ४७ प्रतिशतले घटेको हो भने कम्पनीको कुल आम्दानी १।५५ प्रतिशतले मात्रै बढ्दा खर्च भने २५.४४ प्रतिशतले बढेको देखिन्छ। यता, कुल आम्दानी २ अर्ब ५ करोड रूपैयाँबाट सामान्य बढेर २ अर्ब ९ करोड कायम हुँदा खर्च भने १ अर्ब ३८ करोड रूपैयाँबाट बढेर १ अर्ब ७३ करोड रूपैयाँ नाघेको वित्तीय विवरणमा देखिन्छ।
खुद ब्याज आम्दानीतर्फ १ अर्ब २९ रूपैयाँ रहेको सलिकोको चुक्ता पूँजी २ अर्ब ६२ करोड रूपैयाँ छ भने महाविपत्ति कोषमा २१ करोड ४१ लाख रूपैयाँ तथा जगेडा कोषमा ६२ करोड ६१ लाख रूपैयाँ कायम रहेको देखिन्छ।
हाल कम्पनीको प्रतिशेयर आम्दानी १२.८१ रूपैयाँमा तथा प्रतिशेयर नेटवर्थ २४८.८२ रूपैयाँ रहेको वित्तीय विवरणमा देख्न सकिन्छ।