

प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि




काठमाडौँ । प्रभु इन्स्योरेन्सले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सोही वित्तीय विवरण अनुसार चालु चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।
यता, कम्पनीले गत आर्थिक वर्षको समिक्षा अवधिमा मुनाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ । वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोष १ अर्ब ७६ करोड रुपैयाँबाट बृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने आम्दानी १ अर्ब ९ करोड रुपैयाँबाट ७२ करोड ६१ लाख रुपैयाँ पुगेको देखिन्छ ।
प्रभु इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ कायम हुँदा महाविपत्ती कोषतर्फ ११ करोड ५३ लाख रुपैयाँ, जगेडा कोषतर्फ २९ करोड १ लाख रुपैयाँ कायम हुन पुगेको देखिन्छ ।
साथै, ईपीएस १८.५३ रुपैयाँ रहेको प्रभु इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ भने २ सय ३५ रुपैयाँ रहेको अपरिष्कृत वित्तीय विवरणमा देखिएको हो ।