

गत वर्ष ५ प्रतिशत लाभांश दिएको सलिकोले यसपालि १५ दियो, लगानीकर्ताहरुमा छायो उत्साहको वहार




काठमाडौं । मर्जरपछि आफूलाई अब्बल दर्जाकौ कम्पनीमा उकास्न सफल सगरमाथा लुम्बिनी इन्स्योरेन्स सलिको लिमिटेडको आ.ब. २०८०/०८१ को २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न सोही सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा सु–सम्पन्न भएको कम्पनीले जनाएको हो
।
यता सोही सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराए ।
यस्तो छ उनले सुनाएको बिस्तृत जानकारी
कम्पनीले यस आ.व. २०८०।८१ मा रु. ४.७९ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको छ जुन गत आ.व. २०७९।८० वर्षको तुलनामा ४ प्रतिशतले बृद्धि हो । साथै गत आ. व. को तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षको दाबी भुक्तानी रु. २.३८ अर्बको तुलनामा यस आर्थिक वर्षमा रु. २.८३ अर्ब को दाबी भुक्तानी गरेको छ । आउँदो आर्थिक वर्षहरुमा पनि ग्राहकबर्गलाइ उच्च सेवा तथा प्रतिफल दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको विश्वास दिलाउन चाहान्छौँ ।
साथै, सोही सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश बितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता बृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा १७ जना शेयरधनीहरुले आ–आफनो धारणा राखेका थिए भने सो जानकारी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्पनी सचिव वरिष्मा साउद आचार्यले दिएकी हुन् ।
यससँगै मर्जरपछिको बीमा क्षेत्रेमा दोहोरो अंकको लाभांशका लागि औंला गन्दै बसेका लगानीकर्ताहरुका लागि सलिको इन्स्योरेन्स एउटा उदाहरण समेत बन्न पुगेको सलिको परिवारले बताएको छ ।
केही दिन अघि मात्रै बीमा दर्पण डटकमसँगको कुराकानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ चंकी क्षेत्रीले कुनै पनि निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लाभांश तीन गुणाले बढाउँछ भने त्यो कस्तो प्रतिफल हो सबैले सहजै बुझ्ने बताएका थिए । उनले सोही क्रममा लगानीकर्ता र सबै सरोकारवालाहरुको विश्वासको प्रतिमूर्ती स्वरुप हाल कम्पनी लाभांश वितरण गर्न सक्षम भएको र आगामी दिनमा ग्राहकवर्गको विश्वलासलाई नै केन्द्रमा राखेर काम गर्ने विश्वास समेत सीईओ क्षेत्रीले व्यक्त गरेका थिए ।
सलिको इन्स्योरेन्सले उत्साहजनक प्रतिफल दिएसँगै हाल बीमा बजार, शेयर बजार तथा बैंक वित्तिय क्षेत्रमा समेत त्यसको ठूलो चर्चा भएको पाइएको छ ।