

आर्थिक वर्ष पूरा गर्नु अघि नै नेपाल माइक्रोले आफ्नो टार्गेट मीट गर्न सफल




काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो टार्गेग मीट गर्न सफल भएको छ । त्यस्तो टार्गेट कम्पनीले आफनो आर्थिक वर्षको चक्र पूरा हुनुभन्दा तीन महिना अघि नै प्राप्त गर्न सफल भएको जनाएको हो ।
सोही खुशीयालीमा आज कम्पनीले केक काटेर उत्सव समेत मनाएको छ । सोही क्रममा नेपाल माकइक्रोका प्रमुख कार्यकारी अधिकृ सीईओ मृगेन्द्र रिमालले आफूहरुले लक्ष्य अगावै आफ्नो टार्गेटमा पुग्न सक्नु कुनै पनि लघु बीमा कम्पनीकालागि निकै गौरवको क्षण रहेको समेत बताएका थिए ।
कार्यक्रममा नेपाल माइक्रोका डीसीईओ अनिल गिरी लगायत अन्य नेपाल माइक्रो परिवारको उपस्थिती रहेको थियो ।