

आज पनि बैंकहरुबाट राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने




काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक अन्य बैंकहरुाबाट नियमित जसो रकम प्रशोचन गरि रहेको छ । मोटो रकम तरलता व्यवस्थापनका लागि प्रशोचन गर्दै आएको राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ खिच्ने भएको हो ।
यता, राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर उक्त रकम खिच्न लागेको जनाएको छ। सोही रकम २१ दिन अवधिका लागि निक्षेप लिन चाहनेलाई बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिन मिल्ने जनाइएको छ।
साथै, न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको रकम बैंकहरुले माग गर्न मिल्ने जनाइएको हो ।