

आईजिआई प्रुडेन्सियलको नाफामा गिरावट, मर्जरपछि किन खस्कियो कम्पनी ?




काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।
कम्पनीले चैत मसान्तसम्म गत वर्षको समिक्षा अवधिमा ४६ करोड ७३ लाख मुनाफा कमाए पनि यसपालि भने २६ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको हो। पछिल्लो समय मर्जरमा गएका, नगएका बीमा कम्पनीहरुले नाफा बढाउने, नयाँ ५ अर्बका इन्भेष्टमेन्ट कम्पनी खोल्ने तथा बजार हिस्मामा अर्गानिक र चमत्कारिक ग्रोथ गरिरहेको बेलामा दुई कम्पनीको मर्जरबाट स्थापित आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले भने त्यस्तो रिर्पाट बजारमा सार्वजनिक गरेको छ ।
यता, कम्पनीको कुल बीमाशुल्क २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ कायम भएको अवस्था छ । खुद बीमाशुल्क ९२ करोड ९१ लाख रुपैयाँ कायम हुँदा, विशेष जगेडा कोषमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ तथा महाविपत्ति कोषमा ९ करोड २२ लाख रुपैयाँ रहेको देखिन्छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले रिटेन्ड अर्निङतर्फ १२ करोड ५२ लाख रुपैयाँ कायम गर्न सफल भएको छ ।
यता, बीमा कोष ४ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको आईजिआई प्रुडेन्सियलको ईपिएस ११ रुपैयाँ ६७ पैसा कायम रहेको प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।