

नेपाल माइक्रो इन्स्योरेन्सको बिजनेश रिभ्यू तथा व्यावसायीक रणनीति सम्बन्धित गहन वोर्कसप सम्पन्न




काठमाडौं । लघु बीमक मध्ये अग्रपंक्तीमा रहदै आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो बिजनेश रिभ्यू सम्पन्न गरेको छ । कम्पनीले बिजनेश रिभ्यू तथा मार्केटिग स्टार्टिजी वोर्कसप २०२५ सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा नेपाल माइक्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल, डिसीईओ अनिल गरी तथा नेपाल माइक्रोका अन्य सिनियर कर्मचारीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।
सोही कार्यक्रमको व्यानरमा सानो इन्स्योरेन्स ठूलो केयर भन्ने अर्थपूर्ण नारा समेत राखिएको देख्न सकिन्छ । यसबाट पनि थोरै प्रिमियम (बीमाशुल्क) बुझाउँदा बीमितले पाउने लाभ ठुलो र अनेकौं हुने भन्ने सन्देश समेत नेपाल माइक्रो इन्स्योरेन्सले दिन खोजको छ ।