

अरुले कपी गर्ने संस्था बन्नुहोस् : बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदी




काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुबेदीले बीमा प्राधिकरणले लिएको लगानीको नीति पछिल्लो समय बजार मैत्री रहेको दाबी गरेका छन्। उनले नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नयाँ इन्भेस्टमेन्ट कम्पनीको सुरुवात गर्दै सो कुरा बताएका हुन्।
विगत लामो समयदेखी आफूहरुले जम्मा गरेको रकम जीवन बीमा कम्पनीहरुले बैंकको मुद्धती निक्षेपमा थुपार्नुको विकल्प नरहेको बेलामा अहिले भने नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लगानी गर्ने मनोबलमा थोरै भए पनि हौसला थपेको उनले स्वीकार गरे । त्यस्तै, सुबेदीले लगानीको विविधीकरण गरिनु जीवन बीमा कम्पनीहरुको लागि निकै गौरवको कुरा रहेको सुनाए।
उनले बीमा कम्पनीहरुले कहिल्यै पनि भुल्न नहुने कुरा उनीहरुले गिट्टी कुट्ने नागरिक, मध्यम वर्गीय व्यक्ति र व्यापारीहरुले सरकारलाई मोटो रकम बराबरको कर तिरेर जोगाएको थोरै नाफा बीमा शुल्कको रूपमा बीमा कम्पनीहरूले जम्मा गर्ने बताए । त्यस्तै, उनले बीमा कम्पनीहरूले नाफा कमाउने भन्दा पनि बढी नागरिकको दायित्व हातमा लिने कुरा प्राथमिकतामा बस्ने सुझाए।
कुनै पनि बीमा कम्पनीहरुको नयाँ सुरुवातलाई बीमा प्राधिकरणको प्रमोट गर्ने नै नीति रहेको उनले बताए। सुवेदीले बास्केट फण्डको सिद्धान्त अनुसार लगानीलाई धेरै वटा बास्केटमा राख्नु राम्रो हुने बताएका हुन्। त्यस्तै ५ अर्बको कम्पनी खोल्नु मात्रै ठूलो कुरा नभई यसलाई अझै गुणन गरेर ठूलो कम्पनी बनाउनु पर्ने बताएका हुन्।
साथै, बजारका बेस्ट ब्रेन, बेस्ट टेक्नोलोजी, नयाँ प्रयोगमा नेपाली बीमा कम्पनीहरु जानु पर्ने बताएका हुन् ।
अन्तिममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले भन्न भ्याए, तपाईहरु आफूलाई मार्केट लिडर भन्नु हुन्छ, मार्केट लिडर बन्न निकै गाह्रो छ । लिडरले राम्रो गरे भने अरुले त्यही कपी गर्ने हो । नेपाल लाइफ अरुले कपी गर्ने संस्था बनोस् ।
यद्यपी यो सुवेदीले नेपाल लाइफलाई व्यक्तीगत रुपमा भने भनेका होइनन् । उनले नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले आफूहरु मार्केट लिडरको लाइनमा हिडेको सुनाएसँगै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले कुनै पनि बीमा कम्पनीहरु मार्केट लिडर बन्न सक्ने हिसाबमा सो कुरा सुनाएको बुझ्न सकिन्थ्यो ।
उनले पाँच अर्बमा खुलेका कम्पनीहरुले आगामी दिनमा आफूलाई जोडने मात्र नभई गुणन गर्नु पर्ने अवस्था सिर्जना भइसकेको बताए ।
त्यसको साथै बीमा कम्पनीहरुको यात्रामा नियामक निकाय पनि नजिकैको सहयोगीको रुपमा नै प्रस्तुत हुने भाव सुवेदीले व्यक्त गरेका हुन् ।