

“नेपालमा कृषि बीमा” नामक पुस्तक प्रकाशित, कृषक तथा सरोकारवालालाई बहुउपयोगी हुने




काठमाडौं । कृषि बीमाको बारेमा जानकारी राख्न चाहनेहरुका लागि निकै उपयोगी सामाग्री “नेपालमा कृषि बीमा” पुस्तकको रुपमा प्रकाशित भई बजारमा आएको छ । यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बीमा व्यवसायी तथा नेपालमा कृषि बीमा विकास र अभ्यासमा रुचि राख्ने सबैका लागि सन्दर्भ सामग्रीको रूपमा उपयोगी हुने अपेक्षा गरिएको हो।
पुस्तकमा कृषि बीमाको सैद्धान्तिक आधार र विश्व र नेपालमा अभ्यासमा रहेका बीमा पोलिसीको बारेमा उल्लेख गरिनुको साथै तथ्यांक सहित नेपालको कृषि बीमाको बिकासक्रम, बिगत र वर्तमानमा भएका नीति, कार्यक्रम, र संस्थागत संरचनाहरूको विश्लेषण गरिएको छ । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ ।
पुस्तकलाई १४ अध्यायमा बिभाजन गरिएको छ । कृषि क्षेत्रमा बिद्यमान जोखिम र अन्तर्राष्टिय तथा नेपालमा परम्परागतमा भइरहेको जोखिम ब्यवस्थापनको अभ्यासको बारेमा चर्चा गर्दै विश्वमा अभ्यासमा रहेका बिभिन्न बीमा पोलिसीहरु तथा असल अभ्यासहरुको बारेमा पनि चर्चा गरिएको छ । कृषि बीमाका कानूनी आधार र अनुदानका बिषय, प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण विषयहरूमा बहस प्रस्तुत गरिएको छ। नेपालका निर्जीवन बीमा कम्पनीहरुले यस क्षेत्रमा खेलेको भूमिकालाई निकै बिश्लेषणात्मक ढंगबाट चर्चा गरिएको छ । कृषि बीमाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका संघ संस्था र तीनका क्रियाकलापहरुको पनि चर्चा गरिएको छ भने कृषि बीमामा ब्याप्त समस्या, चुनौती र संभावनाको बारेमा उल्लेख गर्दै अन्तिम अध्यायमा सम्बन्धित निकायहरुलाई सुझाव दिइएको छ ।
पूस्तकमा नेपाल सरकारका कृषि सचिव डा. गोविन्द प्रसाद शर्माले पुस्तकको बारेमा आफ्ना भनाई यसरी प्रस्तुत गर्नु भएको छ स् ूयस पुस्तकले नेपालको कृषि बीमा बजार विकास गर्न चाहने नीतिनिर्माता, अनुसन्धानकर्ता र व्यवहारविद्हरूका लागि महत्वपूर्ण मार्गनिर्देशन प्रदान गर्नेछ। बीमा तथा कृषि क्षेत्रका सबै सरोकारवालालाई यो पुस्तक अध्ययन गरी नेपालमा अधिक समावेशी र प्रभावकारी कृषि बीमा प्रणाली निर्माण गर्न आग्रह गर्दछु। लेखकहरूको व्यवहारिक अनुभवका कारण यो पुस्तक केवल शैक्षिक मात्र नभई नीतिनिर्माता, बीमाकर्ता, अनुसन्धानकर्ता र कृषकहरूसमेतका लागि अत्यन्त उपयोगी बन्न गएको छ।
पोखरा विश्वविद्यालयका आदरणीय उपकुलपति प्रा.डा. वेदराज केसी ज्यू र नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका आदरणीय सचिव डा. गोविन्द्र प्रसाद शर्मा ज्यूबाट फरक फरक स्थानबाट हाम्रो पुस्तक नेपालमा कृषि बीमा लाई सार्वजनिकीकरण भयो ।
कृषि तथा बीमामा गहिरो सैद्धान्तिक ज्ञान तथा लामो ब्यवहारिक अनुभव भएका लेखकहरुको मिहिनेतबाट यो पुस्तक तयार भएको छ । डा. रविन्द्र घिमिरे, कृषि बीमा कार्यन्वयनको शुरुवात देखिनै पोलिसी निर्माणमा जोडिनु भएका नेपाल सरकारका पूर्व उपसचिव शिव सुन्दर घिमिरे, कृषिमा क्षेत्रमा बिद्याबारिधी गर्नु भएका गिरी प्रसाद कंडेल र कृषिमा स्नातकोत्तर गरी बीमा कम्पनीमा कृषि बिभागको नेतृत्व गर्नु भएका सुदिप पौडेल यस पुस्तकका लेखक हुनुहुन्छ । २४० पृष्ठको उक्त पुस्तकको अन्त्यमा शब्दावली सूची र हरेक जिल्लामा उत्पादन हुने मुख्य बालीको परिणाम र अनुमानित प्रिमियम र बिमांक समेत राखि नेपालको नक्सा समेत प्रस्तुत गरिएको हुंदा पुस्तक निकै उपयोगी हुने देखिन्छ । मूल्य रु ५ सय २५ राखिएको छ ।
अध्याय – १ नेपालको कृषिको संक्षिप्त अवलोकन
अध्याय – २ नेपालमा कृषि जोखिम
अध्याय – ३ जलवायु परिवर्तन र यसको नेपाली कृषि प्रणालीमा प्रभाव
अध्याय – ४ परम्परागत कृषि जोखिम व्यवस्थापन अभ्यासहरू
अध्याय – ५ विश्वव्यापी कृषि बीमा पोलिसीहरू
अध्याय – ६ नेपालमा कृषि बीमासम्बन्धी कानुनी प्रावधान र अनुदानका सवाल
अध्याय – ७ नेपालमा कृषि बीमाको विकास
अध्याय – ८ नेपालमा कृषि बीमा बजार
अध्याय – ९ कृषि बीमा सेवामा निर्जीवन बीमा कम्पनीहरूको भूमिका
अध्याय – १० कृषि बीमामा भएका विश्वव्यापी अभ्यासहरू
अध्याय – ११ कृषि बीमामा सहयोगी संस्थाहरू
अध्याय – १२ कृषि बीमामा सूचना प्रविधिको प्रयोग
अध्याय – १३ कृषि बीमाका समस्या र चुनौतीहरू
अध्याय – १४ नीतिगत सुझावहर
लेखकहरु
डा. रविन्द्र घिमिरे,
शिव सुन्दर घिमिरे,
डा. गिरि प्रसाद कंडेल
सुदिप पौडेल
पुस्तकको लागि सम्पर्क
९८६६८१२५८५
९७००४१८१२३