

राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ खिच्ने




काठमाडौं । पछिल्लो समय बैंकहरुबाट लगातार जसो पैसा प्रशोचन गर्दै आएको नेपाल राष्ट्र बैंकले आज पनि केही रकम खिच्ने भएको छ । राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ खिच्ने भएको हो।
तरलता व्यवस्थापनका लागि त्यसरी राष्ट्र बैंकले पैसा खिच्दै आएको छ ।
यता, निक्षेप लिन इच्छुकले बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिनु पर्ने बताइएको छ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित भएको रकम बराबरको माग गर्न सकिने जनाइएको हो।
साथै, सो रकमको साँवा तथा ब्याज भुक्तानी असार २४ गते हुने गरी २१ दिने अवधि तोकिएको छ ।