

हिमालयन लाइफले सार्वजनिक गर्यो नयाँ बोनसदर




काठमाडौं । बिग मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ बोनसदर निर्धारण गरेको छ। सोही निर्धारण गरिएको नयाँ बोनस दर अनुसार कम्पनीले गतको आर्थिक वर्षबाट वैशाख १५ गते नियामक बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त गरेर सो बोनसदर प्रकाशनमा ल्याएको जनाइएको हो।
हिमालयन लाइफले न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ भने उसले सावधिक बीमामा २६ रुपैयाँदेखिस ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस दर तोकेको छ ।
यता, अग्रिम भुक्तानी सावधिक तर्फ भने ५६ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार अग्रिम भुक्तानी सावधिकतर्फ ४८ रुपैयाँ, जीवन उपहार सावधिकतर्फ ३१ रुपैयाँ तथा सावधिकतर्फ ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो।
साथै, सावधिक तथा आजीवन बीमा योजनातर्फ १३ मा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक १०, १२ र १५ तर्फ ३४ देखि ४६ रुपैयाँसम्म, वार्षिक नगद फिर्ता २३ र २५ तर्फ ३२ देखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य जीवन बीमा योजना २८ तर्फ न्यूनतम १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको अवस्था छ।
हिमालयन लाइफले आफना्े बोनस दर प्रति हजारका दरले दिने समेत जनाएको छ । जीवन बीमा कम्पनीहरुमा आवद्ध बीमितहरुले बीमालेख किन्दा बोनस दरलाई समेत अलि बढी ख्याल गर्ने पारीपाटी कायम रहेको पाइन्छ ।