

मर्जरपछि जीवन बीमा कम्पनीको व्यापार, केही हदसम्म भए पनि वृद्धिको लय पक्रिदै




काठमाडौं । मर्जरमा गएका बीमा कम्पनीहरुले के कस्तो प्रतिफल दिने हुन् ? यो ठूलो चासोको विषय बनेको छ । त्यसमा पनि खास गरेर मर्जरलाई स्थायित्व दिन तथा मर्जरको खास उपलब्धि हाँसिल गर्न उनीहरुको व्यवसाय दिन दुई गुना रात चौ गुनाकै हिसाबले बढोस् भन्नेमा यसका संचालकहरु पुगेका छन् । ठीक यही बेलामा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आईपुग्दा १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो।
प्राधिकरणको सोही तथ्यांकलाई आधार मान्दा उनीहरुले १४.६२ प्रतिशतले व्यवासाय बढाएको अवस्था छ । गत वर्षको समिक्षा अवधिमा जम्मा १ खर्ब १० अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरे कम्पनीहरु मध्य ३३ अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ ।
नेपाल लाइफपछि नेशनल लाइफ इन्स्योरेन्स व्यावसायीक हिसाबले दोस्रो नम्बरमा देखिन्छ । उसले २१ प्रतिशतले व्यवासाय बढाउदा भारत सरकारको समेत लगानी रहेको एलआइसी नेपालले ९ प्रतिशतले कुल बीमाशुल्क वृद्धि गर्न सफल भएको अवस्था छ।
यता, सरकारकै स्वामित्वमा संचालित राष्ट्रिय जीवन बीमा कम्पनीले ४९ प्रतिशतले व्यवसाय बढाएको छ। रिलायबल नेपाल लाइफले २३ प्रतिशत, नेशनल लाइफले २१ प्रतिशत प्रभु महालक्ष्मी लाइफले १९ प्रतिशत, सिटिजन लाइफले १९ प्रतिशत, सूर्यज्योति लाइफले १७ प्रतिशतले आफ्नो व्यवसायलाई बढोत्तरी गर्न सफल भएको अवस्था छ ।
साथै, आइएमई लाइफले १४ प्रतिशत, सानिमा रिलायन्स लाइफले १३ प्रतिशत, एशियन लाइफले ११ प्रतिशत, सन नेपाल लाइफले १० प्रतिशत, मेट लाइफले ७ र हिमालयन लाइफले २ प्रतिशतले व्यवसाय बढाएको देखिन्छ।