

यस्तो छ तेस्रो त्रैमासमा हिमायन लाइफको वित्तीय अवस्था




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो रिपोर्टलाई आधार मान्दा हिमालयन लाइफले आफ्नो नाफामा बढोत्तरी गर्न सफल भएको देखिएको हो । तथ्यांक अनुसार लाइफ इन्स्योरेन्सले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको अवस्था छ ।
यता, पोहोर सालको अवधिसम्म लाइफ इन्स्योरेन्सको खुद नाफा ४३ करोड ५४ लाख रुपैयाँ कायम थियो भने चालू आवमा ८.४९ प्रतिशतले सो नाफा उकालो लगेको छ।
यस्ता छन् अन्य सूचकहरु
हिमालयन लाइफको जीवन बीमाकोषको ६१ अर्ब ६५ करोड रुपैयाँबाट ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको अवस्थामा यता खुद बीमाशुल्क १२ अर्ब २ करोड ३० लाख रुपैयाँबाट १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ देखिन्छ । कम्पनीको कुल आम्दानी पनि १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबाट १८ करोड ४८ लाख रुपैयाँ कायम हुन पुगेको बेलामा चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँ छ ।
त्यस्तै, महाविपत्ति कोषमा ४७ करोड रुपैयाँ तथा जगेडा कोषमा करीब १ अर्ब १० करोड रुपैयाँ रहदा प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ७५ पैसा रहेको देखिन्छ ।
साथै,आफ्नो प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ ०७ पैसा रहेको अपरिष्कृत वित्तीय विवरण हिमालयन लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको हो ।