

आईएमई लाइफ दोहोरो अंकले नाफा बढाउन सफल




काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासिकको सन्तोषजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको उक्त तथ्यांकलाई आधार मान्दा लाइफ इन्स्योरेन्सले दोहोरो अंकको नाफा कमाउन सफल भएको हो । तेस्रो क्वाटरमा कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
यता, यसपटक भन्दा अघिल्लो सालको समिक्षा अवधिमा हेर्ने हो भने आइएमई लाइफ ३३ करोड १५ लाख रुपैयाँ कमाउन सफल थियो । सोही आधारमा कम्पनीको खुद नाफा चालू आवमा १०।४९ प्रतिशतले बढेको देखिन्छ।
यता, जीवन बीमा कम्पनीहरुको मुख्य व्याकअप मानिकने जीवन बीमाकोष लाइफ फण्ड पनि ८ अर्ब ३७ करोड बाट ११ अर्ब ८४ करोड रुपैयाँ कायम हुन पुगेको तथ्यांकले बताउँछ।
यस्ता छन् अन्य सूचकहरु
आइएमई लाइफको पोहोर साल समिक्षा अवधिमा वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ रहेकोमा चालू आवमा वृद्धि भएर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको हो।
कुल आम्दानी पनि गत वर्ष ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुग्दा कुल खर्च पनि ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँबाट बढेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ।
साथै, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुँदा, महाविपत्ति कोषमा करीब २३ करोड रुपैयाँ, यता, जगेडा कोषमा साढे ४२ करोड रुपैयाँ देखिन्छ ।
त्यस्तै, प्रतिशेयर आम्दानी ईपीएस ९ रुपैयाँ ७७ पैसा कायम हुँदा यता प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ६७ पैसा रहेको अपरिष्कृत वित्तिय विवरण आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको हो।