

प्रभु महालक्ष्मी लाइफले झण्डै दोहोरो अंकको लाभांश दिने




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। । लाइफ इन्स्योरेन्सले झण्डै दोहोरो अंकको लाभांश घोषणा गरेको हो ।
यता, वैशाख १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको कम्पनीले जनाएको छ। सो लाभांशमा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको जनाइएको छ।
साथै, उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेरसँगै आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने कम्पनीले जनाएको हो।