

गरिमा विकास बैंकले बिक्रीमा राख्यो संस्थापक सेयर




काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले उक्त सेयरको लािग विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि ६५ हजार कित्ताको बिक्री खुलाएको हो ।
त्यस्तै, सोही सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले जेठ २१ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको हो।