

राष्ट्र बैंकको नजर बैंक वित्तीय संस्थाको एफडीमा, विभिन्न कोषबाट ३ अर्ब ८४ करोड बढी लगानी गर्ने




काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ८४ करोड भन्दा धेरै रकम मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ । सो रकम राष्ट्र बैंकको विभिन्न कोषबाट बैंक तथा वित्तीय संस्थाहरुका मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।
यता, केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १९ करोड २१ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ । केन्द्रीय बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
साथै, सोहीअनुसार बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १७ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । यो मुद्दति निक्षेप सन् २०२५ मे १७ देखि सन् २०२६ मे १७ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाइएको हो।
नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले लगानी सम्बन्धि सुचना जारी गर्दै सो जानकारी दिएको हो ।