

विद्युतीय र निजीतर्फका व्यक्तिगत सवारी खरिदमा राष्ट्र बैंकको नयाँ प्रावधान




काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा विद्युतीय र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनका लागि ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्ममात्र कायम गर्नुपर्ने प्रावधान जारी गरेको छ।
यता, राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० को पाँचौं संशोधन सँगै नयाँ प्रावधान जारी गरेको जनाइएको हो।
त्यस्तै, नयाँ व्यवस्थामा सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यबस्था गर्नुपर्ने उल्लेख छ ।
साथै, कर्जा प्रवाह गर्दा धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था ल्याइएको हो।