

नेपाल बीमा प्राधिकरणमा,अपरिपक्व तरिकाले कर्मचारीको शाखा परिवर्तन




काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कर्मचारीहरुको (शाखा परिर्वतन) गरिसँगै त्यस विषयलाई अनुभवी कर्मचारीहरुले कडा टिप्पणी गरेका छन् । केही अनुभवी कर्मचारी तिव्र आलोचना समेत गर्दै कस्तो कर्मचारीको शाखा कहिले परिर्वतन गर्ने ? भन्ने विषयमा नियामक निकायले कतै ढिलाई र कतै हतार गरेको आरोप लगाएका हुन् ।
उक्त भनाईको मतलब विगत केही वर्षदेखि एउटै शाखामा कार्यरत कर्मचारीहरुको जिम्मेवारी हेरफरे गर्दै अर्को शाखामा पुर्याएको अवस्था छ । त्यसमा बीमा प्राधिकरणका कर्मचारीहरुले असन्तुष्टि देखाएका होइनन् । बरु उनीहरुले छोटो समय एउटा शाखामा भर्खर केही सिक्दै गरेको कर्मचारीको समेत शाखा फेरीनु अर्थपूर्ण नदेखिएको टिप्पणी गरेका छन् ।
ठीक यही बेलामा नेपाल बीमा प्राधिरणका उच्च कर्मचारीहरुको भने तर्क केही भिन्न छ । नेपाल बीमा प्राधिकरणका उच्च स्रोत भन्छ : कुनै पनि शाखा भनेको कसैले अड्डा जमाएर बस्ने ठाउँ हो र ? हामीले केही नयाँ, केही सिर्जनशील काम गर्न खोजेका छौ । यस्तो कुरामा सबैलाई एकैपटक चित्त नबुझन् सक्छ । त्यो सामान्य कुरा हो । यहाँहरुले गहिरीएर हेर्नु भयो भने हामीले बीमा क्षेत्रलाई सकारात्मक हुने गरि नै कर्मचारीहरुको जिम्मेवारी दिएको अवस्था छ ।
ठीक यही बेलामा केही कर्मचारीहरु भने आफूहरुले अध्ययनका लागि मेहनत गरेको, बैंक-वित्तीय क्षेत्रमा लामो समय काम गरेको, सामान्य पोस्टका लागि समेत लामो समय कार्य अनुभव हाँसिल गरेको र त्यस्ता व्यक्तीलाई कहाँ र किन सरुवा ? शाखा फेरबदल गर्ने ? भन्ने विषयमा कर्मचारीहरुको समेत थोरै राय लिए उल्टै बीमा उद्योगलाई सारात्मक फाइदा पुग्ने जवाफ केही कर्मचारीहरुले दिएका छन् ।
यस्तो बेलामा नेपाल बीमा प्राधिकरणका कतिपय जिम्मेवार कर्मचारीहरु यो पनि समाचार हो र ? त्यो पनि समाचार हो र ? सामाचार बनाउनु परे त्यसमा अहिले नै मेरो नाम नराख्नु होला भन्दै मुख लुकाएर गैरजिम्मेवारपाराले पन्छिन खोजेको स्पष्ट हुन्छ । यद्यपी बीमा बजारका सुधारका लागि बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन (मौखिक वा
लिखित) मा नसमेटिएको या भनौं बीमा कम्पनीहरुले प्रत्यक्ष छलफलमा समेटन नसकेका विषयहरुका लागि समेत बीमा दर्पण डटकम एउटा साझा चौतारीको रुपमा काम गरि रहनेछ ।
बीमा दर्पण डटकम :मिरोर अफ इन्स्योरेन्स