

पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री : गभर्नरको सान्दर्भिकतादेखि संकुचित बनाइने परिपाटीसम्मको रोचक-घोचक विश्लेषण




काठमाडौ । आज बैशाख १४ गते । अर्थात नेपाल राष्ट्र बैंकको ७० औं वर्षिकोत्सव । सोही अवसरमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका दिपेन्द्र बहादुर क्षेत्रीले कामु तथा पूर्व गर्भनरहरु समक्ष गभर्नरको सान्दर्भिकतादेखि गभर्नरले खेप्नु पर्ने केही भित्री पिडासम्म व्यक्त गरेका छन् । क्षेत्रीले सुनाएका पिडाहरु भने गभर्नरका अव्यक्त पीडाहरु हुन् ।
हुन त दीपेन्द्र बहादुर क्षेत्री आफैमा नेपाली बैंक वित्तीय क्षेत्रमा खासै नौलो नाम होइन । त्यसमा पनि केही कडा स्वभाव, हक्कि कार्यशैली र प्रष्ट वक्ताको रुपमा उनको छुट्टै इमेज छ ।
आईतबार लामो समयपछि क्षेत्री नेपाल राष्ट्र बैंकको प्रांगणमा देखिए । सो कुरा उनले समेत स्वीकार गरे । कार्यक्रममा आफ्नो पालोमा उनले बुँदागत रुपमा आफ्ना केही ठुला र समय सान्दर्भिक एजेण्डा मात्र राखेनन् क्षेत्रीले त्यसको लाइनबाई लाइन व्याख्या समेत गर्न रुचाए । भनाईको मतलब उनले केही लाइन नेपाली बैंक वित्तीय क्षेत्रको बारेमा बोल्न नभ्याउँदै त्यो कुरा किन उठाएको, त्यसको प्रभाव कतिसम्म हुन्छ, र खासमा हुनुपर्ने के थियो ? भन्नेसम्ममा उनी पुगेका हुन्थे । यस हिसाबले हेर्दा क्षेत्रीले आफ्नो औपचारिकता मात्र पूरा गरेनन् उनले सोही कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाली बैंक वित्तीय क्षेत्र र हालको वर्तमान आर्थिक स्थितीलाई नजिकबाट केलाउने प्रयास गरे ।
अन्य कार्यक्रमहरुमा समेत उनले आफ्ना प्रस्तुती अलि सिधैं बढी फर्मल नभई तितो सत्यको रुपमा उजागर गर्ने गरेको देखिन्छ । उनको सोही शैलीका कारण पनि यथार्थवादी स्थिती र उनको नेचुरल शैलीका धेरै बैंकहरु फ्यान समेत रहेको पाइन्छ ।
आज हामीले दिपेन्द्र बहादुर क्षेत्री को हुन् र कसरी बोल्छन् ? भन्ने कुरा भन्न गइरहेको होइन । खासमा आज नेपाल राष्ट्र बैंकको ७० औं वर्षिकोत्सको अवसरमा उनले व्यक्त गरेका केही तिता, मिठा भनाईहरु एक सामान्य स्रोताको नजरमा कस्तो देखिन्छ होला भन्ने चित्रण गर्ने प्रयास गरेका हौं ।
गर्भनर सधैं दबाबमा
कार्यक्रम स्थलमा, पुलुक्क (पूर्व गभर्नर, कामू गभर्नर) भएतर्फ हेर्दै, आफ्नो विगत सम्झदै या भनौं वर्तमान राजनैती अवस्था र गभर्नर नियुक्तीमा देखिएको केही ढिला सुस्तीलाई उनले ठूलो व्यंग्य गर्न खोजे जस्तो देखिन्थ्यो । वास्तवमा उनले कुनै पनि गभर्नरलाई व्यक्तीगत रुपमा भने भन्न खोजेका होइनन् । तर, गभर्नर जो सुकै भए पनि विभिन्न किसिमका विश्व गभर्नरको इतिहासमा गभर्नरको नियुक्तीदेखि कार्यसम्पादन (एकदमै फेयर) कुनै पनि स्वास्र्थ समूहको इन्ट्रेष्ट भन्दा निकै पर हुनुपर्ने भाव उनले व्यक्त गरे । तर, ठ्याक्कै कुन गभर्नरले कस्तो पीडा खेपे त ? भन्ने उनले गहिराईमा खुलाउन चाहेनन् । तै पनि उनले सतही रुपमा उठाएको व्यंग्य सामान्य भने होइन ।
वि.स. २०६३ सालबाट बाहिरीए, नयाँ अनुहार चिन्न गाह्रो छ
उनले राष्ट्र बैंकमा आफ्नो जीवनको लामो समय बितेको स्मरण गराए । तर, त्यही ठाउँ आज केही बिरानो भएको समेत भाव उनले व्यक्त गर्न भ्याए । आफ्नो योग्यताले कुन अनुहार आए भन्दा पनि नयाँ अनुहारको खाँचो के हो ? भन्ने महत्वपूर्ण हुने उनको आशय थियो ।
चुल्होमा महंगी बढ्दा, नियन्त्रण फितलो नहोस्
उनले अर्को प्रसंग पनि मज्जासँग उठाए । विषय हो, बढ्दो महंगी । पछिल्लो समय महंगीले आकाश छुन लागेको सभन्र्दमा उनले चुल्होमा महंगी बढी रहेको बेलामा त्यसको नियन्त्रणमा समेत राष्ट्र बैंक नतिजामुखी हुनुपर्ने भाव व्यक्त गरे ।
त्यस्तै, कुनै पनि व्यक्तीले आफ्नो बाल्यकालका (पूर्व घटना) सम्झे जस्तै क्षेत्रीले विगतमा राष्ट्र बैंकको वार्षिकोत्सव मनाउँन भोगेका केही कठीनाई समेत सुनाए । उनले भोलीको कार्यक्रमको लागि आज सम्पूर्ण तयारी गरेको अवस्थामा समेत सोचे अनुसार कार्यक्रम अघि बढाउन नसकिने दिनदेखि आज राष्ट्र बैंक यस स्थानसम्म आउँन सफल भएको समेत खुलाए ।
पूर्वगभर्नर क्षेत्रीलाई सम्मान
आजै राष्ट्र बैंकका पूर्वगभर्नर क्षेत्रीलाई सम्मान समेत गरिएको थियो। उनी राष्ट्र बैंकको चौधौं गभर्नरको रुपमा समेत परिचित छन् भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष बन्न सफल भएका क्षेत्री हक्कि पात्र मात्र नभई यथार्थवादी विचारधारा रुचाउँने कैयौं बैंकरहरुका प्रिय पात्र समेत हुन्।