

जम्मु कश्मिरको पहलगाममा आतंकवादी हमलामा एक नेपाली सहित २८ ले गुमाए ज्यान




एजेन्सी । भारतको जम्मु–कश्मीरस्थित पहलगामको बैसरन घाटीमा मंगलबार दिउँसो भएको आतंकी हमलामा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली नागरिक सुदीप न्यौपाने समेत रहेको भारतीय सञ्चारमाध्यम भास्कर डटकमले जनाएको छ ।
यो हमला सन् २०१९ को पुलवामा हमलापछि क्षेत्रमै सबैभन्दा ठूलो आतंकी हमला मानिएको छ । मंगलबार दिउँसो करिब १ बजेतिर, बैसरन पर्यटकीय क्षेत्रमा चार जना सशस्त्र आतङ्ककारीले पर्यटकहरूको समूहमाथि अन्धाधुन्ध गोली चलाएका थिए । घटनास्थल पहलगाम बजारबाट करिब ५ किलोमिटर टाढा पर्ने र डाँडाकाँडामा अवस्थित भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो । भारतीय सुरक्षाबल र स्थानीय प्रशासनले हेलिकप्टरमार्फत घाइतेहरूको उद्दार गरेका छन् ।