

हिमालयन एभरेष्ट दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको बिजेता, उपमा हिमालयन लाइफ




काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधि हात पार्न सफल भएको छ । इन्स्योरेन्स कम्पनीले सोही प्रतियोगिताको फाइनल खेलमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हात पारेको हो।
यता, नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता ९दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२० बीमा दोकान प्रालिले आयोजना गरेको थियो ।
सोही प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता थियो । जसमध्ये फाइनल चरणमा पुगेका दुई कम्पनीहरु हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच भएको फाईनल खेल निकै रोमाञ्चक भएको थियो ।
प्रतियोगिताको प्रमुख अतिथिका रूपमा रहेका एन्फाका महासचिब किरण राईद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिता २ दिनसम्म चलेको थियो । दोस्रो दिनको खेलमा प्रमुख अतिथि रहेका नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगितामा विजयी भएकाहरुलाई प्रमाणपत्र, सिल्ड, ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए ।
उप विजेता बन्यो हिमालयन लाइफ
उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मेडल, शिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता विग मर्जरबाट स्थापित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र १५ हजार नगद जितेको छ ।
साथै, स्वास्थ्यका लागि ‘खेल र बीमाका लागि सहकार्य’ भन्ने मूल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रा.लि. ले बताएको हो।