

नेपाल बैंकका स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारीको पद चट, बीमा क्षेत्रको नियमनले किन भेट्दैन कैफियत ?




काठमाडौं । नेपाल बैंकका स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारी पदबाट मुक्त भएका छन् । उनी २०८० साल भदौ ११ गतेदेखि नेपाल बैंकको सञ्चालकमा नियुक्त भएको बैंक स्रोतले जनाएको हो।
उनै अधिकारीलाई पदमुक्त गर्न नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले निर्देशन दिएपछि पदमुक्त गरेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन्।
यता नेपाली बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि त्यस्तै किसिमको सुपरिवेक्षण, निरीक्षण गर्ने गर्छ । कानुन अनुसार नै स्थलगत वा अनलाइनबाट भन्दै अन (साइट र अफ साइट) निरीक्षण बीमा क्षेत्रमा पनि हुने गरेको छ । तर, सोही निरीक्षणको गहिराइलाई खोतल्ने हो भने नेपाल राष्ट्र बैंकको तुलनामा नेपाली बीमा क्षेत्रको नियामक केही निरीह रहेको चर्चा हुनेगर्छ । कारण, उसको नियमन फितलो हो वा बीमा क्षेत्र पूर्ण रुपमा कैफियत रहित छ ? भन्ने गम्भिर प्रश्न बेला-बेलामा खडा हुने गर्छ ।