

करिब १० अंकले ओरालो लाग्यो सेयर बजार




काठमाडौं । मंगलबार नेप्से परिसूचक करिब १० अंकले घटेर कारोबार बन्द भएको छ । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार ९ दशमल ९६ अंकले घटेर २६८८ दशमलव ३२ बिन्दुमा पुगेको देखिएको हो ।
यता, आजको दिन सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९१ अंकले घटेर ४५१ दशमलव ८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको सेयर मूल्य बढेको छ ।
परिसूचसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर ७१ हजार ६९४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
साथै, आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।