

बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय रेटिङको ठूलो महत्व, रेटिङको प्राथमिकतामा शिखर इन्स्योरेन्स




काठमाडौं । नेपाली बीमा बजारमा (लोकल मार्केटमा) जति सुकै निर्जीवन बीमा कम्पनीहरुको दबदबा रहे पनि अन्तर्राष्ट्रिय (वोल्ड्र स्टयाण्डर्ड) रेटिङमा शिखर इन्स्योरेन्सको फराकिलो उचाई कायम रहेको पाइएको छ । कुनै पनि बीमा कम्पनीले स्वदेशमा बीमाशूल्क (प्रिमियम कलेक्सन) जम्मा गर्ने मात्र नभई उसले फेरी विदेशी पुनर्बीमा कम्पनीहरुबाट आफ्नो अधिकांश व्यावसाय संचालन गर्नु पर्छ । यस्तो बेलामा अधिकांश नेपाली बीमा कम्पनीहरुले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको देखिदैन । तर, ठिक यही बेलामा निर्जीवन बीमातर्फको शिखर इन्स्योरेन्स भने केही फरक धारमा उभिएको पाइएको हो ।
हाल शिखर इन्स्योरेन्सले ए प्लस लगाएतको रेटिङ पाएको बेलामा उसले निकट भविष्यमा डबल ए प्लस पाउँने किसिमले आफ्ना आधारभूरत तयारीहरु पूरा गरिसकेको उसको निकट प्रतिस्पर्धी कम्पनीहरु समेत स्वीकार गर्न बाध्य छन् । हामीले शिखर इन्स्योरेन्सको रेटिङको मात्र नभई अन्तराष्र्टिय बीमा बजारमा त्यस्तो रेटिङ भनेको के हो र त्यसको मुख्य महत्वहरु के के छन् ? भन्ने प्रकाश पार्न खोजेका छौं ।
के हो त बीमा कम्पनीको अन्तर्राष्ट्रिय रेटिङ भनेको ?
अन्तर्राष्ट्रिय स्तरमा बीमा कम्पनी रेटिङ हुनु भनेको स्वतन्त्र क्रेडिट रेटिङ एजेन्सीहरूले कम्पनीको वित्तीय क्षमता, स्थिरता र विश्वसनीयताको मूल्याङ्कन गर्नु हो। यसले कम्पनीको दाबी भुक्तानी गर्ने क्षमता र जोखिम व्यवस्थापनको स्तरलाई जनाउने यसका जानकारहरुले बताएका छन्।
यस्ता छन् बीमा कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरमा रेटेड हुनुका फाइदाहरू
विश्वसनीयता
रेटिङले कम्पनीको वित्तीय स्थिरता र दाबी भुक्तानी गर्ने क्षमतालाई दर्शाउँछ, जसले ग्राहकहरूको विश्वास बढाउँछ।
लगानीकर्ताको आकर्षण
राम्रो रेटिङले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्छ, जसले कम्पनीको वृद्धि र विकासमा मद्दत गर्छ।
कम लागतको ऋण
अन्तर्राष्ट्रिय बजारबाट ऋण लिँदा कम ब्याजदरमा ऋण प्राप्त गर्न सकिन्छ।
बजार पहुँच
नयाँ अन्तर्राष्ट्रिय बजारहरूमा प्रवेश गर्न र आफ्नो व्यवसाय विस्तार गर्न सजिलो हुन्छ।
प्रतिस्पर्धात्मक लाभ
राम्रो रेटिङले प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा बजारमा बलियो स्थान बनाउँछ।
पारदर्शिता
रेटिङ प्रक्रियाले कम्पनीको वित्तीय अवस्था र जोखिम व्यवस्थापनलाई पारदर्शी बनाउँछ।
नियामक अनुपालन
अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दा नियामक निकायहरूबाट स्वीकृति प्राप्त गर्न सजिलो हुन्छ।
जोखिम व्यवस्थापन
रेटिङ एजेन्सीहरूले कम्पनीको जोखिम व्यवस्थापन प्रक्रियालाई मूल्याङ्कन गर्छन्, जसले सुधारका लागि सुझाव दिन्छ।
ग्राहकको विश्वास
अन्तर्राष्ट्रिय रेटिङले ग्राहकहरूलाई कम्पनीको विश्वसनीयता र सुरक्षाको बारेमा आश्वस्त पार्छ।
ब्रान्ड प्रतिष्ठा
राम्रो रेटिङले कम्पनीको ब्रान्ड प्रतिष्ठालाई बढाउँछ र यसलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न मद्दत गर्छ।
यता नेपाली बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको मर्जरपछि उसको वास्तविक अवस्था कस्तो थियो र मर्जरको उदेश्य के कति प्राप्त भयो या भनौ बीमा कम्पनीहरुले हाल चुनेका पथहरु नै मर्जरको गन्तव्य थियो कि थिएन भन्नेमा कुनै पनि छलफल चलाएको छैन । त्यस्ता विषयमा प्रवेश गर्ने उसको कुनै छाँटकाँट नै छैन ।
यही बेलामा अधिकांश मर्जरमा गएका बीमा कम्पनीहरुलाई भने अन्तर्राष्ट्रिय स्तरको रेटिंगमा सहभागी हुन ठूलो इच्छा भएको देखिन्छ । ठिक यस्तै बेलामा कुनै कुनै सूचकमा भएको सबलता देखाएरै भए पनि कतिपय बीमा कम्पनीहरु अन्तर्राष्र्टिय स्तरका केही सामान्य पुरस्कारहरु हात थाप्ने होडबाजीमा छन् । यसमा सम्बन्धित सरोकारवालाहरु समयमै गम्भिर हुनुपर्ने देखिएको छ ।
किनकी, अन्तर्राष्ट्रिय स्तरको रेटिङ कुनै पनि किनुवा पुरस्कार जस्तो नहुने यसका अनुभवीहरुले सुझाएका छन् ।