

कुमारी बैंकले राख्यो पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा




काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयरको बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्री खोलेको छ।
सोहि सेयर किन्न चाहने संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्ने बताइएको हो।
यता, सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने र म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया बढाइने भएको छ ।