

नेपाली बैकिङ क्षेत्रको पर्यायवाची बन्दै ग्लोबल आईएमई, यस्ता छन् मूख्य सूचकहरु




काठमाडौं । नेपाली बैकिङ क्षेत्रको पर्यायवाची बन्न सफल भएको छ ग्लोबल आईएमई बैंक । बैंकको बारेमा थोरै मात्र जानकारी हुनेहरु समक्ष सो ग्लोबल आइएमई बैंक परिचित रहेको पाइएको हो ।
हुन त परिचित नहुनु पनि कसरी ? नेपाली बैंक वित्तीय क्षेत्रमा गुरु योजना जसरी उक्त बैंकले विभिन्न प्रोजेक्टहरुका पाइलटिङ गर्ने गरेको छ । यसको मतलब धेरै योजनाहरुमा ठूलो जोखिम मोल्न रुचाएको ग्लोबल आइएमई बैंकक भित्री रुपमा झनै मझबुत एवम तगडा देखिएको छ ।
हामीले ग्लोबल आइएमई बैंकका निकट स्रोतहरुसँग उसका विशेष रणनीति र उसले नेपाली बजारमा पारेको ठूलो प्रभावको बारेमा केही खोजी गर्ने प्रयास गर्यो । तर, बैंक स्रोतले आफूहरुले हाइलाइट हुने भन्दा पनि वास्तविक सेवालाई नै सधैं एक नम्बरमा राखेर काम गर्ने गरेको रहस्यमय दाबी गरे । ठीक यस्तो बेलामा हामीले आँखा चिम्लेर ग्लोबल आईएमई बैंक विश्वको नमुना बैंकको हो भनेर घोषणा गर्न खोजेका होइनौ । बरु वास्तवमै उसले पुर्याएका मुख्य योगदान र उसका अब्बल वित्तीय सूचांकहरुलाई नांगो आँखाले निकै नजिकबाट नियाल्ने प्रयास गरेका छौं ।
यस्तो छ ग्लोबल आइएमई बैंकको मूख्य १० आर्थिक सूचकहरु
चुक्ता पुँजी
कुनै पनि बैंक वित्तीय क्षेत्रमा उसको (पेड अफ क्यपिटल) चुक्ता पुँजीको ठूलो महत्व छ । जसलाई अपरिहार्य बेसको रुपमा नै लिइन्छ । पछिल्ला केही वर्षहरुमा बैंक वित्तीय क्षेत्रले ठूलो पुँजी जुटाउनकै लागि बैंक वित्तीय क्षेत्रका जोडी कसे । मतलब धमाधम मर्जरमा लगे । तै पनि यस्तो बेलामा ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी ३६.१२ अर्ब रुपैयाँ रहेको देखिन्छ।
निक्षेप
फाइनान्सियल इन्डीकेटर त्यसमा पनि बैंकको निक्षेपले उसको वित्तीय स्वास्थ्यसँग निकै नजिकको नाता राख्छ । त्यस्तो सूचक ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ।
कर्जा
यता, हाल बैंकको कर्जा ४ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ।
खुद नाफा
बैंकले चाँलु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ४.५३ अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
प्रति शेयर आम्दानी
ठीक यही बेला बैंकको प्रति शेयर आम्दानी १५.८६ रुपैयाँ रहेको छ।
निष्क्रिय कर्जा अनुपात
त्यसरी नै बैंकको निष्क्रिय कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ।
आधार दर
बैंकको वेस रेट आधार दर ६.३८ प्रतिशत रहेको छ।
स्प्रेड दर
बैंकको स्प्रेड दर ३.७९ प्रतिशत रहेको छ।
शाखा सञ्जाल
बैंकको शाखा सञ्जाल ३५४ वटा रहेको छ।
एटीएम सञ्जाल
बैंकको एटीएम सञ्जाल २८५ वटा रहेको छ।
ग्राहक संख्या
बैंकको ग्राहक संख्या ५० लाख भन्दा बढी रहेको छ।
साथै, एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ६७ वटा रहेको ग्लोबल आईमई बैंक नेपाली बैंक, वित्तीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल छ ।