

लघुवित्तका दलालहरुलाई कारबाही गर भन्दै ठूलो संख्यामा पिडीतहरु सडकमा




काठमाडौं । विगत लामो समयदेखि आफ्ना विभिन्न माग तथा एजेण्डा सार्वजनिक गर्दै आएका लघुवित्त पिडीतहरुले आज पनि विरोध जुलुस निकालेका छन् । राजधानीको बालुवाटार, नक्साल, गैरीधारा हुँदै विभिन्न स्थलमा उनीहरु हुँल बाँधेर पैदल यात्रा गरि रहेका छन् ।
हातमा प्ले कार्ड बोकेर अधिकांश महिला, यूवा, वुद्ध सहभागी भएको र्याली छेउछाउ नेपाल प्रहरीको टोलीसमेत भिड नियन्त्रणमा हिडेको देख्न सकिन्छ ।
उनीहरुले लघुवित्तका दलालहरुलाई कारबाही गर्नु पर्ने, लघुवित्त पिडीतहरुले समयमै आफ्नो रकम भुक्तानी गरि पाउँन भन्ने किसिमका प्ले कार्ड साथमा बोकेर हिडेको दृश्य देख्न सकिन्छ ।
राजधानीमा समेत पछिल्लो समय तराई भेगबाट सापटलिए जसरी दिउँसोको समयमा चर्को घाम लागेको बेलामा उनीहरु प्ले कार्ड आफ्नो शिर माथि राखेर आन्दोलनमा होमिएको दृश्य देख्न सकिन्छ ।
पछिल्लो समय सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामीछाने थुनामै छन् । ठिक यही बेलामा ठूलो संख्यामा पिडीहरुले तातो घाममा आफ्नो आर्तनाद गाइरहेको सुन्न सकिन्छ ।
सोही प्रयोजनका लागि आज निकै बेरसम्म नक्साल भाटभटेनी क्षेत्रको सडक बिचमा ट्राफिक प्रहरीहरु उभिएर, सडकको बिचमा डिभाइडर राखेर,सडक सहजिकरण गर्ने, वान वे प्रयोग गर्न तथा सर्वसाधारहणहरुलाई भीडबाट थप सास्ती नहोस् भनेर लघुवित्तकर्मीहरुको प्रदर्शनकै समयमा पनि सडकमा सवारी आवागमनलाई निरन्तरता दिने प्रयास भइरहेको देखिन्छ ।