

शिखर इन्स्योरेन्सले हात पार्यो अन्तर्राष्ट्रिय गुणस्तर आइइसओ,आइएसी २७००१ : २०२२ को प्रमाणपत्र




काठमाडौं । नेपाली बीमा क्षेत्र त्यसमा पनि खास गरी निर्जीवन बीमकहरु मध्ये छुट्टै ब्राण्ड हो शिखर इन्स्योरेन्स । कहिले राष्ट्रपतिको हातबाट ठूला पुरस्कार पाएर त कहिले सरकारलाई मोटो रकमको कर तिरेर शिखरले आफ्नो छट्टै पहिचान स्थापना गर्न सफल भएको छ ।
बीमकहरुलाई दाबी भुक्तानीको मुख्य नारा राखेको उक्त कम्पनीले नेपाली बजारमा अधिकांश अवस्थामा आफ्नो क्लेम सेटलमेन्ट समेत समयमै गरेको देखिन्छ । विभिन्न सूचकहरुमा अब्बल रहेको शिखरले यसपक पनि नेपाली बीमा क्षेत्रको नाम अन्तर्राष्ट्रिय जगतमा फहराउन सफल भएको छ । कम्पनीका अनुसार उसले एक गरिमामय पुरस्कारबाट विभूषित भएको हो ।
यता, शिखर इन्स्योरेन्सले सूचना सुरक्षा व्यवस्थापन प्रणाली इन्फरमेसन म्यानेजमेन्ट सिस्टमको अन्तर्राष्ट्रिय गुणस्तर आइइसओ, आइएसी २७००१/२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले आफ्नो गौरवपूर्ण क्षण सुनाएको हो ।
यस उपलब्धिले कम्पनीको संवेदनशील जानकारीको सुरक्षा, जोखिम व्यवस्थापन, तथा सूचना सुरक्षा प्रणालीप्रति उच्च प्रतिबद्धता दर्शाउँछ । प्रमाणपत्रले शिखर इन्स्योरेन्सको प्रणाली, सूचना सुरक्षा, नीति, र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू पूरा गरेको पुष्टि गर्दछ ।
आइइसओ, आइएसी २७००१/२०२२ ले कम्पनीको सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन तथा निरन्तर सुधार तथा कम्पनीको जोखिम व्यवस्थापन नीतिमा कम्पनीको प्राथमिकता पुष्टि गर्दछ । शिखर इन्स्योरेन्स साइबर सुरक्षा लगायत हरेक किसिमको नविनतम जोखिम इमर्जिग रिस्कको व्यवस्थापन तथा निरन्तर सुधारमा सदैव अग्रसर रहँदै आइरहेको छ । यस सूचना प्रविधिको युगमा कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा ग्राहकहरुले प्रदान गर्ने हरेक सूचनाको गोपनियता तथा सुरक्षा कायम गर्नुका साथै साइबर रिस्कको व्यवस्थापन गरी कम्पनीको सेवाको निरन्तरतालाई कायम गर्नु महत्वपूर्ण पाटोका रुपमा रहेको छ ।
आइइसओ, आइएसी २७००१/२०२२ ले कम्पनीको सुचना प्रणालीको सुरक्षा तथा कम्पनीको ग्राहकहरुको गोप्य सूचनाको सुरक्षाका साथै कम्पनीबाट प्रदान हुने उच्चस्तरको गुणस्तरीय सेवाको निरन्तरता व्यावसायीक निरन्तरताको प्रत्याभुति प्रदान गर्दछ । यसले कम्पनी प्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने महसुस गरेको बताउँदै शिखर इन्स्योरेन्सले कम्पनी प्रति कम्पनीका ग्राहकहरूको थप विश्वास बढाउने वातावरण सिर्जना भएको बताएको हो।