

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै




काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैकबाट अर्बौ रुपैयाँ खिच्ने क्रम जारी छ । तरलता थुप्रिएको भन्दै राष्ट्र बैंकले सो रकम खिच्दै आएको बेलामा आज पनि ३० अर्ब रुपैयाँ खिच्ने निर्णय गरेको हो।
यता, अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । उक्त रकमका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले बताएको छ ।
साथै, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने जनाइएको छ।
त्यस्तै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । उक्त रकमको साँवा र व्याज भुक्तानी वैशाख २८ गते हुने जनाइएको हो।