

ग्लोबल आइएमई बैंकको नाफा साढे ४ अर्ब हुँदा कस्ता छन् अरु इन्डिकेटर ?




काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको वित्तीयमा वृद्धि देखिएको छ । त्यस्तो वृद्धि बैंकको मुख्य सुचकमा देखिएको हो ।
यता,चालु आर्थिक वर्षको चैत महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बेलामा गत आर्थिक वर्षको समिक्षा अवधि भन्दा ३७।१२ प्रतिशत बढी देखिएकी छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५।४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ पुगेको बेलामा गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १३ अर्ब २ करोड ९० लाख रुपैयाँ पुगेको थियो । बैंकको कुल सञ्चालन आम्दानी ०।६१ प्रतिशत घटेर १५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिका बैंकको उक्त आम्दाी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको देखिन्छ ।
साथै, बैंकको सञ्चालन मुनाफा ३४।४१ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने इम्पेरमेन्ट चार्ज ३ अर्ब ११ करोडमा पुगेको हो ।
यसअवधिमा बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ र कर्जा लगानी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ गरेको छ ।
ग्लोबल आईएमई बैंकको तेस्रो क्वाटरसम्म्मा प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा र प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ भने बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको देखिएको हो ।