

कामना सेवा विकास बैंकको वित्तीय विवरण सकारात्मक, देखियो व्यवसायीक रणनीति अब्बल




काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको सो वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको हो ।
यता, गत आ।व।को तेश्रो त्रयमासमा ५९।०६ अर्ब रहेको निक्षेप वृद्धी भई यस आ।व।को तश्रो त्रयमास सम्ममा ६१।८९ अर्ब पुगेको बेलामा निक्षेपसँगै बैंकको कर्जा कारोबारमा पनि वृद्धी भएको देखिन्छ । ग्राहकलाई प्रवाह गरेको कर्जा ४५।९८ अर्बबाट वृद्धि भई ४९।४७ अर्ब पुगेको हो।
त्यस्तै, समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६।०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०।२७ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७।१९ अर्ब रहेको थियो । गत वर्ष ३।५५५ रहेको खराव कर्जामा वृद्धी भई ४।२७५ पुगेको छ । यद्यपी बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४।६४५ रहेको अवस्था छ ।
साथै, बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीहरूको बीचमा हासिल गरेको हो । ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद, कामना सेवा विकास बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो ।
त्यसरी नै बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृती लिई नेपाल धितोपत्र वोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको छ । देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको विवरण सार्वजनिक गरेको हो ।