

सलिकोको नजरमा २०८१ फ्ल्यास ब्याक, २०८२ मा प्रविधिसँगको साक्षात्कार बढ्छ : सीईओ क्षेत्री




काठमाडौं । मर्जरपछि दरिलो एवम् निकै सबल दर्जाको कम्पनीको रुपमा आफूलाई उभ्याउन सफल सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले आफ्नो नजरमा वि.स.२०८१ लाई फ्लयास ब्याक गरेको छ । सलिकोका मुख्य कमाण्ड सम्हाली रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले आफ्नो सामाजिक संजालमा समेत सलिकोको फ्ल्यास ब्याक सार्वजनिक गरेका छन् ।
यस्तो छ सलिकोका मुख्य हाईलाइट्सहरु
कम्पनीले बिहीबार सार्वजनिक गरेको एक भीडीयोमा जम्मा २५ सकेण्ड सलिको इन्स्योरेन्सले गत वर्ष हाँसिल गरेका मुख्य उपलब्धिहरु देखाउने प्रयास गरिएको बुझिएको छ । भीडीयोमा सलिकोले २०८१ को झलकलाई संक्षेपमा प्रस्तुत गरेको बताइएको छ । त्यसमा सुरक्षा, सेवा र विश्वासलाई मुख्य नारा बनाइएको छ ।
यता, सोही वर्षमा कम्पनीले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको जनाइएको छ । कम्पनीका अनुसार सलिको र सरिना जि ट्रेडर्स बिच एक महत्वपूर्ण एमओयू भएको छ ।
इन्ड्राईभसँग समेत समझदारी भएको छ ।
टुगेदर फर सेफर स्काई भन्ने नारा सहित एभिएसन कन्क्लेभ सम्पन्न भएको छ ।
फागुन महिनासम्मको आँकडा अनुसार कम्पनीले ९ हजार १ सय ३९ वटा बीमा दाबीका लागि २ अर्ब ३० करोड रुपैयाँ तिरेको छ ।
कम्पनीले एचआरएम कर्पोरेट अवार्ड समेत पाएको छ ।
कम्पनीले ४ अर्ब ७८ करोडको बीमाशुल्क संकलन गर्दा २ अर्ब ८३ करोडको बीमाशल्क तिर्न सफल भएको छ ।
सोही बेलामा कम्पनीले सम्पूर्ण ग्राहकहरुको विश्वास र साथ प्रति आभार व्यक्त गरेको छ ।
साथै, मर्जरपछि अन्य १४ वटा बीमा कम्पनीको माझ विभिन्न सूचांकमा आफूलाई अब्बल दर्जामा स्थापना गरेको कम्पनीले गएको २०८१ साललाई माइलस्टोन एचिभमेन्टको रुपमा समेत स्मरण गर्न रुचाएको हो ।
ठीक यही समयमा सलिको इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले भने आगामी वर्षमा थप नयाँ रणनीतिका साथ काम गर्दै ग्राहकहरुको विश्वास कायम राख्ने र बजार मैत्री प्रोडक्टले सेवा प्रवाह गर्दै दाबी भुक्तानीमा सलिको थप अब्बल बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।
बीमा दर्पणडटकमसँगको कुराकानीमा सीईओ क्षेत्रीले नयाँ साल वि.स. २०८२ सबैको सुरक्षित रहोस् भन्ने कामना गर्दै भैपरि आउँने दु:खको बेलामा साथीको रुपमा उपस्थित हुन बीमा कम्पनीले पनि अरोहात्र काम गरि रहेको बताएका छन् ।
उनले वि.स. २०८२ साल थप प्रविधि मैत्री बन्दै जाने र अबको केही वर्ष भित्रै नेपाली बीमा बजार उन्नत किसिमका प्रविधिसँग साक्षात्कार गर्दै थप छिटो, छरितो एवम् बढी विश्वस्नीय बन्दै जानेमा जोड दिएका हुन् ।