

नेपाल रि इन्स्योरेन्स कम्पनीको संचालक बने एमिल प्रधान




काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल री इन्स्योरेन्स कम्पनी) को सञ्चालकमा एमिल प्रधानलाई नियुक्ती दिइएको छ। कम्पनीका अनुसार प्रधानलाई यसअघि सञ्चालक रहेकी अनिता रायमाझी टण्डनले पदबाट बाहिरीएसँगै उनलाई नियुक्ती दिइएको हो।
यता, कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभासम्मको लागि प्रधानलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।