
५ रुपैयाँको नयाँ नोट सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याएको छ । बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालिगुराँस अंकित पाँच रुपैयाँको नोट मंगलबारदेखि सार्वजनिक भएको हो ।
उक्त नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ भने राष्ट्र बैंकले सोही नोट सम्बन्धि सूचना जारी गर्दै ०००००१ देखि १८९९९९९९ सम्म सिरिज नम्बरमा २०८१ लेखिएको नोट बजारमा ल्याएको हो।
त्यस्तै, सोही नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने नोटमा तत्कालीन गभर्नर अधिकारीको दस्तखत रहेको देखिन्छ। नोटको तल्लो भागको वोर्डरमा भने नोटको सिरिज नम्बर नेपालीमा ‘वि।सं। २०८१’ लेखिएको छ।
साथै, नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको, मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपैयाँ पाँच’ लेखिएको छ भने सिरिज नम्बरमा २०२५ एडी लेखिएको देख्न सकिन्छ। यस अघि २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर सिरिज २०२०० को बैंकनोट सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं ०००००१ देखि ५६०००० सम्म मात्र चलन चल्तीमा ल्याइएको अवस्था छ ।


