

नेशनल लाइफ इन्स्योरेन्सका सीईओ खत्रीले दिए सरोकारवालालाई शुभकामना




आदरणीय ग्राहक महानुभावहरु, अभिकर्ता साथीहरु, कर्मचारी मित्रहरु, शेयरधनी तथा शुभचिन्तकहरु, यस नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट नयाँ वर्ष २०८२ को पावन अवसरमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि यहाँहरुको निरन्तरको साथ, सहयोग र विश्वासले हामीलाई थप उर्जा प्रदान गरेको छ। यहाँहरुको अमूल्य साथ र विश्वासकै कारण हामीले बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छौं। हामीले प्रदान गर्ने सेवाहरुलाई अझ गुणस्तरीय, प्रविधिमैत्री र सहज बनाउन हामी सदैव प्रतिबद्ध छौं।
नयाँ वर्ष २०८२ हामी सबैका लागि थप उत्साह, उमंग र सफलता लिएर आओस् भन्ने कामना गर्दछौं। यस वर्षमा हामीले तय गरेका लक्ष्यहरु हासिल गर्न यहाँहरुको साथ र सहयोग निरन्तर रहनेछ भन्ने विश्वास लिएका छौं।
नेपालको बीमा क्षेत्रलाई थप सबल र विश्वसनीय बनाउन हामी सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यस कार्यमा यहाँहरुको रचनात्मक सुझाव र सहयोगको हामी सदैव अपेक्षा गर्दछौं।
अन्त्यमा, नयाँ वर्ष २०८२ ले यहाँहरुको जीवनमा शान्ति, समृद्धि र खुशियाली ल्याओस् भन्ने कामना गर्दै पुनस् एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद ।
साथै, उनले मिडीयालाई सुझाव स्वरुप विश्व प्रविधि मैत्री बन्दै गएको बेलामा नेपाली बीमा बजारले पनि त्यतैतिर पाइला चाल्ने र त्यसको लागी सबैले हातेमालो गर्नु पर्ने सुझाएका छन् । सीईओ खत्रीले बीमा क्षेत्रको डिजिटमैत्री यात्रामा मिडीयाको समेत ठूलो भूमिका रहने बताउँदै आएका छन् ।