

१६ वटा वाणिज्य बैंकले वैशाखमा पनि चैतकै ब्याजदर दिने, तीनवटाले घटाउँदा एकले बढायो




काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये अधिकांश बैंकहरूले वैशाखमा पनि चैत महिनाकै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।
उक्त बैंकहरूमध्ये ३ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ । बाँकी १६ बैंकहरुको यस्तो खाताको अधिकतम ब्याजदर स्थिर रहेको छ ।
वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक छन् । यी बैंकहरुको अधिकतम ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतविन्दु घटेको । ब्याजदर बढाउने बैंक भने एभरेष्ट बैंक रहेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा सो बैंकले ०.६१ प्रतिशतविन्दु बढाएको छ । अन्य १६ बैंकहरुले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । औषतमा भने यस्तो निक्षेपमा २० वाणिज्य बैंकहरुको ब्याजदर ०.००३५ प्रतिशतविन्दु बढेको छ ।
बैंकहरुको संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने चैतको तुलनामा वैशाखमा औषतमा ०.०६४ प्रतिशतविन्दु घटेको छ । यस्तो निक्षेपमा ८ बैंकहरुले ब्याजदर घटाएका छन् । एभरेष्ट बैंकले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि बढाएको छ ।